पर्वतकाे जलजला गाउँपालिकाले दियाे सबै आधारभूत विद्यालयलाई ल्यापटप 

बुधबार, असार २३, २०७८
Global Ime Bank

पर्वत । जलजला गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको तहमा पठनपाठन हुने २३ वटा आधारभूत विद्यालयलाई ल्यापटप वितरण गरेको छ। प्राथमिक तहका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हरेक विद्यालयलाई एक÷एक वटा ल्यापटप वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष गोविन्द खत्री र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले एक समारोहका बीच विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई ल्यापटप वितरण गरेका हुन् । 
आधारभूत बिद्यालयको प्रशासनिक कार्यलाई सहज र प्रविधिमैत्री बनाउन तथा सिकाइ क्रियाकलापमा प्रविधिको प्रयोगका लागि पालिकाको स्रोतबाट बजेट व्यवस्थापन गरेर ल्यापटप उपलब्ध गराएको प्रशासकीय अधिकृत शर्माले बताए । समितिका संयोजक खत्रीले कक्षा १ देखि ३ तहका बिद्यालयलाई आगामी वर्ष ल्यापटप उपलब्ध गराउने, इन्टरनेट जडान गर्न सबै बिद्यालयमा रु १२ हजारका दरले निकासा गरिएको र अहिले ल्यापटप दिएका विद्यालयलाई अर्को वर्ष प्रिन्टर वितरण गर्न कार्यक्रम रहेको जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार