छैठौं संस्करणको ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’को ग्राण्ड फिनाले सम्पन्न

सोमबार, असार २, २०८२
Global Ime Bank

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ प्रतियोगिताको छैटौं संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ ।   देशभरिबाट आएका २५ जना बालप्रतिभाहरूले प्रतियोगितामा भाग लिँदै आफ्नो सिर्जनात्मकता, आत्मविश्वास र प्रतिभाको शानदार प्रदर्शन गरेका छन् । कार्यक्रम अन्तर्गत बृहत् ग्रूरूमिङ सेसन, विभिन्न प्रतिभा प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिएको थियो । प्रतियोगितामा मायरा थापा ‘लिटिल मिस एन्जल नेपाल २०२५’ तथा कृष्ण गुरुङ ‘लिटिल मास्टर नेपाल २०२५’को शीर्ष उपाधिका विजेता घोषित भए । त्यस्तै, पहिलो उपविजेता महिमा आचार्य र निश्चल पौडेल तथा दोस्रो उपविजेता प्रिन्शा अर्याल र सुप्रिम पन्त बने ।  कार्यक्रममा निर्णायक मण्डलको रूपमा एड्भेन्ट मिडियाका निर्देशक बिबेक श्रेष्ठ, मोटिभेशनल स्पिकर प्रकाश केसी, फेसन डिजाइनर डिना गुरुङ, गायिका एञ्जेला श्रेष्ठ र रजिना रिमाल उपस्थित थिए । विशेष विधामा विभिन्न प्रतिभाशाली बालबालिकाहरूलाई सम्मान गरियो । सुबिदा गिरी र हर्षिद ओझा लाई ‘सर्वोत्कृष्ट शैक्षिक’ पुरस्कार प्रदान गरियो भने ‘सर्वोत्कृष्ट तस्वीर’, ‘मल्टिमिडिया’, ‘व्यक्तित्व’, ‘अनुशासन’, ‘नेतृत्व’, ‘बौद्धिक प्रतिभा’ लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रबन्ध निर्देशक वर्षा महर्जन र अध्यक्ष संजय महर्जनले सहभागी, अभिभावक, निर्णायक र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै सबैको सहयोगले कार्यक्रम सफल भएको बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार