स्नेहाज केयरकी ‘मैँचा’ बिरामी, पेटमा फलाम र प्लाष्टिक 

शल्यक्रियापछि स्वास्थ्य सामान्य हुँदै 
शुक्रबार, जेठ ९, २०८२
Global Ime Bank

काठमाडौं । मैंचा अहिले बिरामी छिन् । तपाईंलाई  बिरामी भएकी मैँचा को हुन् भन्ने लाग्ला । हो उनी स्नेहाज केयरमा रहेकी मैँचा हुन् । उनको अहिले शल्यक्रिया गरिएको छ । शल्यक्रिया गरेर उनको पेटबाट प्लाष्टिक र फलामका टुक्राहरु निकालिएको छ । केही दिनदेखि मैँचा अस्वस्थ भएपछि स्नेहाज केयरको भेटेनरी टिमले उनको परीक्षण गरेको स्नेहाज केयरले जनाएको छ । स्नेहाज केयरले सामाजिक सञ्जालमा लेखेको छ, ‘केही दिनदेखिको मैंँचाको सुस्त व्यवहारले हामीलाई चिन्तित बनायो, परीक्षण गर्दा दुखद तथ्य पत्ता लाग्यो ।’ 

Photo-(11)-(2)-1747970080.jpg
मैँचा मायाकुमारीकी सन्तान हुन् । केही वर्षअघि मासुको लागि बधशाला पुर्‍याइएको एउटा भैँसीको टाउमा घन प्रहार गरियो । पीडाले रन्थनिएर भागेको भैँसी विद्यालयभित्र पसेर लुक्यो । अरुले भैँसीलाई मार्ने कुरा गरिरहँदा पशु अधिकारकर्मी हरुले स्नेहाज केयरमा लैजाने निधो गरे । स्नेहा श्रेष्ठले संचालन गरेको उक्त केयरमा लगेपछि पीडाले छट्पटाइरहेको भैँसीको नाम स्नेहाले ‘मायाकुमारी’ राखिदिइन् । दुई महिनाको गर्भ बोकेर स्नेहाज केयर पुगेकी मायाकुमारीले केही महिनापछि सन्तान जन्माइन् । मायाकुमारीको सन्तानको नाम के राख्ने रु स्नेहालाई खुल्दुली भयो । ‘मैचा’ राखिदिइन् । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैँया भनेर सम्बोधन गरे जस्तै हो । मैंचालाई जन्म दिएको केही महिनापछि मायाकुमारीले केही दिन अघि मात्रै  प्राण त्याग गरिन् । 
स्नेहाज केयरले आफ्नो फेसबुक पेजमा लेखेको छ —हामी हाम्रा फार्म जनावरहरूलाई खोला छेउमा चराउन लैजान्छौं त्यहाँ धेरै मानिसहरूले फोहर अनियन्त्रित रूपमा फाल्ने गर्छन्।  त्यसरि फ्यालिएका प्लास्टिक, फलाम, र अन्य फोहरहरूले हाम्रो जनावरहरूको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याइरहेको छ। त्यहीँ कतैबाट मैचाले ती फोहर खाएकी हुनसक्छिन् भन्ने हामीलाई लाग्छ । स्नेहाज केयरको टिमले यस्तो जोखिम न्यूनीकरण गर्नका लागि निरन्तर निगरानी गर्ने गरेको बताउँदै भनेको छ —दुर्भाग्यवश कहिलेकाहीँ यस्ता वस्तुहरू जनावरको पेटसम्म पुग्ने गर्छन् ।

Photo-(3)-(7)-1747970074.jpg
Photo-(10)-(3)-1747970082.jpg
Photo-(2)-(7)-1747970077.jpg
Maicha-1747967692.png
 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार