फेसन शो मा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरूको प्रदर्शन

आइतबार, जेठ ४, २०८२
मयुर प्लाई

फ्रिटाउन (सियरा लियोन)  । सियरा लियोनको राजधानी फ्रिटाउनमा इको एलिगेन्स फेसन शोमा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरू प्रदर्शन गरिएको छ ।  रनवेमा उत्रँदा जीवन्त बाटिक गाउन लगाएका मोडलहरूले ड्रेसवेयर उत्पादनलाई प्रमुख प्रदूषकका रुपमा नभइ जलवायु परिवर्तन विरुद्धको हतियारमा परिणत गर्ने साहसिक प्रयास भएको प्रश्तुती दिए ।  मिस वल्र्ड सियरा लियोन २०२४ बाट प्रेरित उक्त फेशन सोमार्फत पृथ्वी जोगाउन सचेतना जगाउनले उद्देश्य राखिएको छ ।  संयुक्त राष्ट्र संघका अनुसार, फेसन विश्वको सबैभन्दा ठूलो प्रदूषकहरू मध्ये एक हो । जसले विश्वव्यापी कार्बन उत्सर्जनको लगभग १० प्रतिशत जिम्मेवार मानिन्छ । कच्चा तेल उद्योगपछि फेसन उत्पादकहरुलाई दोस्रो स्थानमा राखिएको छ । कार्यक्रमले पुनः प्रयोग गरिएका कपडाहरू र परम्परागत पश्चिम अफ्रिकी रंग प्रविधिहरूमार्फत द्रुत फेसनको वातावरणीय क्षतिलाई प्रत्यक्ष रूपमा चुनौती दिएको आयोजकको भनाइ छ ।  इको एलिगेन्सकी सीईओ र मिस वल्र्ड सियरा लियोन २०२४ डेजी मुजेह अब्दुलाईले जलवायु लडाईमा फेसनलाई बेवास्ता गरिएकको बताइन् ।–सीसीटीभीप्लस

Photo-(9)-(7)-1747578721.jpg
Photo-(4)-(11)-1747578723.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार