एकै दिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य 

मंगलबार, वैशाख २३, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६०० मा कारोबार भएको थियो । आज चाँदी मूल्य पनि बढेको छ । सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैया कायम भएको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार