सोसल मिडिया
Contact Us
युनिकोड
रमा लुइँटेल झोलुङ्गे पुल । तल उर्लेर बगेको खोला । हसिलो अनुहार लगाएर एक युवा कुकुरलाई उचालिरहेका देखिन्छन् । कालो रङको त्यो कुकुरलाई बहादुरी देखाउँदै फ्याँकेको दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ अहिले । झट्ट हेर्दा झोलुङ्गे पुल र खोलाबीचको दुरी सयौं फिट छ ।कुकुरलाई बाँधेर त्यहाँसम्म ल्याइएको छ । एउटा मात्र होइन,त्यहाँ अरु पनि कुकुर देखिन्छन् । भिडियो हेर्दा यो कृत्य तीन जना व्यक्ति मिलेर गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । एक जनाले कुकुर उचालेर खोलामा फ्याँकिरहेको देखिन्छ , भने अर्काले भिडियो बनाइरहेका छन् । उनीहरुले कृत्य देख्दा लाग्छ, योजनाबद्ध ढंगबाट काम गरिरहेका छन् । उनीहरूले किन यस्तो कृत्य गरे रु त्यसबारे भिडियोमा कुनै उल्लेख छैन । पृष्टभूमिमा गीत राखेर सो भिडियो पोस्ट गरिएको छ । झट्ट हेर्दा उनीहरूले रमाइलोका लागि त्यस्तो उच्छृङ्खल भिडियो बनाएको अनुमान गर्न सकिन्छ । सो भिडियो ‘चिरन’ नामको टिकटकबाट पोस्ट भएको हो । कुकुर फालेको भिडियो पोष्ट गर्दै पशु कल्याण र अधिकारको क्षेत्रमा १५ वर्षदेखि कार्यरत संस्था स्नेहा केयर्सले लेखेको छ , ‘हामी यो क्रुरताको हृदयविदारक भिडियोले एकदम बिचलित छौँ । यस्तो अमानवीय कृत्य बारम्बार देख्नु असह्य छ । यदि कसैले यो व्यक्तिलाई चिन्छ वा कुनै जानकारी छ भने कृपया बताइदिनुहोस् । सानो विवरणले पनि न्याय दिलाउन मद्दत गर्नेछ । कसैले पनि निर्दोष आत्माहरूलाई चोट पु¥याएर उम्कन हुँदैन, पाउने छैन पनि । आउनुहोस् एकजुट भएर यो व्यक्तिलाई जवाफदेही बनाऔं ।’त्यो झोलुङ्गे पुल कहाँको हो रु कुन ठाउँमा यस्तो कृत्य गरिएको हो रु अहिलेसम्म पत्ता लगाइएको छैन । यद्यपि गण्डकी क्षेत्र अर्थात बाग्लुङ आसपासको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
जिल्ला प्रशासन कार्यलय बाग्लुङका प्रमूख कुमान सिंह गुरुङले भने यस विषयमा कुनैपनि जानकारी नभएको बताए । ‘यस क्षेत्रमा त्यस्तो कुनै घटना भएको थाहा भएन’ उनले भने, ‘तैपनि हामी सोधीखोजी गर्नेछौं ।’ पछिल्लो समय सोसल मिडियामा ‘लाइक र भ्युज’ पाउनका लागि पनि यो काम गरेको धेरैको अनुमान गर्न सकिन्छ । ‘लाइक र भ्युजको लागि जनवारलाई यातना दिने र मार्ने घृणित प्रवृत्ति बढेको छ’ पशुअधिकारकर्मीहरुले भनेका छन्, ‘ यो कृत्यको भत्र्सना गर्दै सबै मिलेर त्यो समूहको खोजी गर्नुपर्छ , यसका लागि हामी सबै एक हुनुपर्छ । ’ पशुमाथि हिंसा गर्नेलाई कारबाही गर्न स्पष्ट कानुन नभएका कारण यस्तो अपराध दोहोरिने गरेको पशुअधिकारकर्मीहरु बताउछन् । अहिले पशुमाथि हुने हिंसा र क्रुरता फेसन जस्तो भइसकेको छ । पशु कल्याणका लागि बलियो कानुन र प्रभावकारी कार्यन्वयन नभएसम्म यस्तो कृत्य नघट्ने उनको भनाई छ छ ।