सुनको मूल्य बढ्यो  

सोमबार, वैशाख २२, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० मा कारोबार भएको थियो । आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार