गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो ।  यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराइको राजिनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो । तर, अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको हो । गत चैत २५ गते नै नियु्क्त हुनु पर्ने गभर्नर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा अझै अन्यौलमा परेको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार