सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार,अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८९ पैसा र बिक्री दर १३५ रुपियाँ ४९ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ ९६ पैसा र बिक्रीदर १८० रुपियाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ २१ पैसा र बिक्रीदर १६३ रुपियाँ ९३ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २७ पैसा र बिक्रीदर ८६ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६६ पैसा र बिक्रीदर ९८ रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ १५ पैसा र बिक्रीदर १०३ रुपियाँ ६१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८ रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९७ पैसा र बिक्रीदर ३६ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ०१ पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा पैसा कायम गरिएको छ । यस्तै ,केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०३ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७२ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २६ पैसा र बिक्रीदर ३१ रुपियाँ ४० पैसा साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९० पैसा र बिक्रीदर १३ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४९ पैसा र बिक्रीदर २० रुपियाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपियाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपियाँ ८० पैसा र बिक्रीदर ३५९ रुपियाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ ३९ पैसा र बिक्रीदर ३५१ रुपियाँ ९४ पैसा रहेको छ । भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।