सुनचाँदीको मूल्य घट्यो 

सोमबार, वैशाख १५, २०८२
मयुर प्लाई

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो । आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार  २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार