चार दिनपछि रोकियो सेयर बजारको गिरावट

बिहीबार, वैशाख ११, २०८२
Global Ime Bank

चार दिन लगातार घटेर सेयर बजारको गिरावट रोकिएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.०२ अंक  (०.०७ प्रतिशत)ले बढेर दुई हजार ६ सय ५८.०२ बिन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेको छ। ३०८ कम्पनीका एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर खरिद बिक्री हुँदा आज सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। नेप्सेका १३ समूहमध्ये आज लगानी समूह सर्वाधिक २.४९ प्रतिशतले बढ्दा बैंक, जलविद्युत्, म्युचल फण्ड र व्यापार समूह एक प्रतिशतभन्दा कमले उकालो लागेका छन्। होटल तथा पर्यटन सबैभन्दा धेरै १.१६ प्रतिशतले ओरालो लाग्दा घटेका बाँकी समूह एक प्रतिशतभन्दा कमले गिरावट भएको छ। आज पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यि कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा ङादी ग्रुप पावर, विन नेपाल लघुवित्त, युनिभर्सल पावर कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा धेरैले बढेको छ। यता, नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घट्दा ग्रिन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक चार प्रतिशतभन्दा धेरैले घटेका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार