सुन चाँदी दुबैको घटयो मुल्य

मंगलबार, वैशाख २, २०८२
मयुर प्लाई

काठमाडौं।  निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। जो हालसम्मकै उच्च मूल्य थियो । आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार