२८ सय बिन्दुमा उक्लियो शेयर बजार, ११ अर्ब ३९ करोड नाघ्यो कारोबार

शुक्रबार, फागुन १६, २०८१
मयुर प्लाई

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४६.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा बन्द भएको थियो ।आज कारोबारमा आएका १८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा नौं अर्ब ९० करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अप्प्र हेवा खोला हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको  शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार