पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन स्थगित

बिहीबार, फागुन १, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम र महासंघका प्रतिनिधिबीच बुधबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो । मन्त्रालयका सहसचिव एवं निगम सञ्चालक समितिका सदस्य शिवराम पोखरेलको संयोजकत्वमा गठित कमिटीले दिने प्रतिवेदनको आधारमा माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित भएको हो ।
महासंघले १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिने घोषणा गरेको थियो । पत्रकार सम्मेलन गर्दै महासंघले बुधबार चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । मन्त्रालयसँगको सहमतिपछि बुधबारदेखि नै आन्दोलन स्थगित गरिएको हो ।
यसअघि महासंघले १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघले फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गरेर आन्दोलन सुरु गर्ने जनाएको छ । २ गतेबाट पीडीओ नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्याङ्करको साँचो निगममा बुझाई ट्याङ्कर लोड(अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने बताएको छ । महासंघका अध्यक्ष मनोजकुमार दासले महासंघले गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको तर सरकारले नसुनेको आरोप लगाए । अध्यक्ष दासले विशेषगरी ढुवानी भाडा समायोजन नगरेको आरोप लगाउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाइ नभएको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार