सुनचाँदीको मूल्य घट्यो

बुधबार, माघ ३०, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार