समयानुकुल सहकारीमैत्री ऐन, नियमहरु बनाउनका लागि अध्यादेश आवश्यक : देउवा

शनिबार, माघ १९, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । 
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा शनिबार भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठीमा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तिकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए । 
उनले भने, ‘सहकारीकै कारण गरिबी निवारण, सशक्तिकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’
यसको साथै, उनले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, नीजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए । 
नेपाली काङ्ग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ । 
उनले नेपाली काङ्ग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य एवम सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । 
Photo-(11)-(23)-1738419470.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार