सुनचाँदीको मूल्य बढ्यो 

बिहीबार, पुस १८, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले  बढेको हो । बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर  १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार