Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव

बुधबार, पुस ३, २०८१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विश्वविद्यालय टपर (उत्कृष्ट) लाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ । बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका हुन् ।  राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती विधेयकबारे छलफल भइरहेको छ । सो छलफलमा भाग लिने क्रममा सांसद खनालले भने, ‘विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा लेटरल इन्ट्रीको रुपमा प्रवेश दिऔं ।’ यसो गर्दा राम्रो जनशक्ति अवसरको खोजीमा विदेश जाने मानसिकताबाट पछि हट्दै स्वदेशमै रहनसक्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार