करिब २ प्रतिशतले घट्यो सेयरबजार

सोमबार, पुस १, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब २ प्रतिशतले घटेको छ । गत बिहीबार २६८२ अंकमा बन्द भएको बजार सोमबर ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा १.२३ प्रतिशत (३३.४२ अंक) को गिरावट आएको थियो । सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ । बिहीबार ६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भयो । सोमबार कारोबारमा आएका उपसूचकमध्ये सबै घटेका छन् । सबैभन्दा उच्च दरले फाइनान्स कम्पनीहरूको उपसूचक ४.४१ प्रतिशतले घटेको छ । त्यस्तै, ट्रेडिङ उपसूचक ३.५५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार