Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

आइतबार, मंसिर ९, २०८१

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६०, रातो आलु ६५, सेतो आलु ५५, सुकेको भारतीय प्याज १००, लोकल गाँजर १८०, तराईको बन्दा ७०, काउली स्थानिय १००, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १४०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ । त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ९०, घिरौँला ८०, हरियो फर्सी लाम्चो ५०,स्कुस २०, रायोको साग ४०, पालुंगोको साग ९०, कन्य च्याउ २००, डल्ले च्याउ ३००, कुरिलो ११००, ब्रोकाउली १३० रुपैयाँ प्रतिकिलो छ । त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली १००,मौसम २५०,जुना ३०० रुपैयाँ रहेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार