सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । वि.सं.२०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्ण हुने विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ । ललितपुर महानगर वडा नं. १४ को वडा स्तरीय बाल अधिकार समितिको आयोजनामा उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो । वडा नं.१४ मा अवस्थित सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी र वडाका स्थायी बासिन्दा तर अन्यत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो । ललितपुर महानगरपालिका वडा नं.१४का अध्यक्ष अमृत जंग महतले नेपालाई समृद्ध र समुन्नत बनाउनका लागि विद्यार्थीको क्षमता र योग्यता महत्वपूर्ण भएको बताए । अहिलेका बालबालिका र विद्यार्थीेले प्रशस्त सुविधा प्राप्त गरेको बताउँदै त्यसको सदुपयोग गर्न सुझाव दिए । आफ्नो बाल्यकाल स्मरण गर्दै पुरस्कृत र सम्मानित विद्यार्थीलाई पढाइसँगसँगै भविष्यमा आर्थिक रुपमा समृद्ध बन्न के गर्ने त्यसतर्फ अहिलेदेखि नै सोचेर अघि बढ्न सुझाव दिए । वडा स्तरीय बालअधिकार समितिकी संयोजक एवम वडा सदस्य संगीता अछामीले विद्यार्थीलाई प्रोत्साहित गर्न सम्मान कार्यक्रम आयोजना गरेको बताइन् । सम्मान कार्यक्रम आयोजना गर्न समितिसँग समन्वय र सहकार्य गरेकोमा बालक्लबहरुलाई उनले धन्यवाद दिइन् ।
समितिले वडाभित्र रहेका बालबालिकाको अवस्था बुझ् सामुदायिक र संस्थागत विद्यालय र वडाभित्रका विद्यालयका अनुगमन गरिरहेको बताइन् । वडा सदसय सहनशीला कार्की विद्यार्थीलाई आँट हौसला दिन यो कार्यक्रम आयोजना गरेको बताइन् । पढाईसँगसँग अतिरिक्त क्रियाकलाप पनि अत्यावश्यक भएको बताउँदै सँगसँगै अघि बढाउन अनुरोध गरिन् ।संस्कार जीवनको महत्वपूर्ण गहना भएको बताउदै सम्पूर्ण विद्यार्थीको उज्जवल भविष्यको कामना गरिन् । सम्मानित विद्यार्थीले हौसला बढाउन सम्मान गरेकोमा बालअधिकार समिति र वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।