महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुदैँन : मेयर महर्जन

शुक्रबार, कात्तिक २३, २०८१
Global Ime Bank

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ती बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ती  बीईईएन परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने छ । आजको यो वर्कशपबाट निश्चित तवरले ललितपुर महानगरपालिकाको निम्ती र यो क्षेत्रको लागि प्रस्ट हुने गरि एउटा कार्यदिशा निर्धारण हुने गरी एउटा टेक्नीकल पेपरको तयारी होस् । हामीले त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौं ।’ साथै, उनले कुनै पनि काम गर्दा बटम लाईन निश्कर्ष निकाल्नुपर्ने बताए । उनले   महानगरपालिका भित्र रहेका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार