जलवायु परिवर्तनका चुनौतीबारेमा सरकारले निरन्तर संवाद गरिरहेको वन मन्त्रीको दाबी

बुधबार, कात्तिक २१, २०८१
Global Ime Bank

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपाल सबैभन्दा संकटग्रस्त र जोखिममा परेका मुलुकहरुको सूचीमा परेको बताएका छन् ।   बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सभालाई सम्बोधन गर्दै उनले नेपाल कमजोर भौगोलिक अवस्था र संवेदनशिल अवस्थामा रहेका क्षेत्र तथा प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन भएका कारण बढि जोखिममा परेको बताए । 
उनले भने, ‘जलवायु परिवर्तन विश्वव्यापी रुपमा देखा परेको समस्या हो र यसको असर नेपाल जस्तो विकसिल र संवेदनशिल भू–वनोट भएको देशहरुमा बढि देखिन थालेको छ । कमजोर भौगोलिक अवस्था र संवेदनशिल अवस्थामा रहेका क्षेत्र तथा प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिब समुदाय, उत्थानशिल समुदाय आदिका कारण नेपाल सबैभन्दा संकटग्रस्त र जोखिममा परेका मुलुकहरुको सूचीमा रहेको छ ।’
यस्तै, उनले जलवायु परिवर्तनले नेपालको दिगो विकासको प्रयास र संयुक्त नेपाल सुखि नेपालीको चहानामा नकारात्मक प्रभाव पारिरहेको बताए । 
उनले भने, ‘जलवायु परिवर्तनले नेपालको दिगो विकासको प्रयास र संयुक्त नेपाल सुखि नेपालीको चहानामा नकारात्मक प्रभाव पारिरहेको छ । यस विषयमा हातेमालो गर्न म नागरिक समाज तथा गैर सरकारी संस्था सम्पूर्ण सबैमा अनुरोध गर्न चहान्छु ।’
नेपाल उच्च जोखिममा रहेता पनि नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेतृत्वदायी भूमिका खेलेको पनि उनको भनाई छ ।  उनले भने, ‘नेपाल उच्च जोखिममा रहेता पनि नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेतृत्वदायी भूमिका खेलेको छ । नेपाल सरकारले विभिन्न मञ्चहरु मार्फत जलवायु परिवर्तनका चुनौती र अवसरका बारेमा विश्वसमुदायसँग निरन्तर संवाद गरिरहेको अवस्था छ ।’
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार