सामान्य अंकले घट्यो नेप्से, सवा ४ अर्बको कारोबार

मंगलबार, कात्तिक २०, २०८१
Global Ime Bank

काठमाडौं । तिहारको बिदापछि खुलेको पहिलो दिन नै नेप्से ०.२१ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २६७७.४० बिन्दुमा बन्द भएको हो । मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढ्यो भने १२३ कम्पनीको मूल्य घट्यो । कूल ७ कम्पनीको मूल्य स्थिर रह्यो । ४७ हजार ५१५ पटकको सेयर किनबेचबाट ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कूल ९७ लाख १३ हजार ७१३ कित्ता सेयर किनबेच भएका छन् ।
७ उपसमूहमा सेयरको मूल्य बढ्यो भने ६ उपसमूहमा घट्यो । बढ्ने उपसमूहमा निर्जीवन बीमा, होटल तथा पर्यटन, हाइड्रोपावर अघि रहे । घट्ने उपसमूहहरूमा व्यापार, विकास बैंक, बैकिङ र उत्पादन तथा प्रशोधन रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार