सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

मंगलबार, पुस ७, २०७७

काठमाडौं । सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाएको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै  मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।  वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए ।
यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर–गन्तव्य जान पनि अनुरोध गरेको छ । यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहेका सबैलाई अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर गन्तव्य जान पनि सरकारले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार