सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार, असोज १४, २०८१

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार