Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

ललितपुर महानगर २६ नं. वडामा १५ दिने सह योग शिक्षक तालिम सुरु 

मंगलबार, साउन १, २०८१

ढोलाहिटी(ललितपुर) । महिला पतंजलि योग समिति ललितपुर महानगले १५ दिने सह योग शिक्षक तालिम सुरु गरेको छ । १५ दिने सहयोग शिक्षक तालिमको मंगलबार एक समारोहबीच  समावेशी योग साधान केन्द्रको सभाहलमा ललितपुर महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष सुरेश महर्जनले उद्घाटन गर्नुभयो । 

WhatsApp-Image-2024-07-16-at-14.01.11-1721121610.jpegमहिला पतंजलि योग समिति ललितपुर महानगर समितिका अध्यक्ष सरस्वती भण्डारी कार्कीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा  पतंजलि योग समिति ललितपुर, युवा नेपाल समिति, पतंजलि योग समिति महानगर, महिला पतंजलि योग समिति ललितपुर महानगरका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । १५ दिने सह योग शिक्षक तालिममा ४० जना योग साधक साधिकाको सहभागिता रहेको छ । समावेशी योग साधना केन्द्र सुनाकोठी–२६ ललितपुरको सभाहलमा आजदेखि सुरु भएको सह योग शिक्षक तालिम बिहान ५ बजेबाट सुरु भई  ६ः३० बजेसम्म जारी रहने छ । सह योग शिक्षक तालिमको व्यवस्थापन समावेशी योग साधाना केन्द्र तथा बिन्दबासिनी योग साधाना केन्द्र २६ नं. वडा सुनाकोठीले गरिरहेका छन् । WhatsApp-Image-2024-07-16-at-13.50.24-1721121630.jpeg
तालिममा पतंजलि योग समिति ललितपुर, महिला पतंजलि योग समिति ललितपुर, युवा नेपाल समिति ललितपुर तथा पतंजलि योग समिति ममहानगरले सहयोगीको भूमिका निर्वाह गरेका छन् । 
पहिलो दिनको सक्षिप्त सह योग शिक्षक तालिममा पहिलो कक्षा महिला पतंजलि योग समिति ललितपुरका अध्यक्ष बिमला निरौलाले लिनु भएको थियो । पहिलो दिनको सह योग शिक्षक तालिममा वडाअध्यक्ष सुरेश महर्जनसहित वडाका जनप्रतिनिधिले पनि योगाभ्यास गर्नु भएको थियो । 

WhatsApp-Image-2024-07-16-at-14.01.12-1721121603.jpeg
यसअघि भएको उद्घाटन सत्रमा वडाअध्यक्ष सुरेश महर्जनले आफूले योग सुरु गर्दाका बेला भोग्नु परेका कठिनाइको वर्णन गर्दै अहिले टोलै पिच्चे योग साधान केन्द्र खुलेकाले लाभ लिन आह्वान गर्नुभयो ।
उहाँले तालिममा सहयोग शिक्षक तालिम लिने प्रशिक्षार्थीलाई तालिम अवधि भर नै सक्रिय भएर लाग्न आह्वान पनि गर्नुभयो । उहाँले योग शिक्षक तालिम लिएका शिक्षकहरूलाई एडभान्स तालिम दिने वातावरणको व्यवस्थापकिय जिम्मा वडाले लिने जनाउँदै पतंजलि समितिलाई तालिम सुरु गर्न आह्वान पनि गर्नुभयो । कार्यक्रममा पतंजलि योग समिति  ललितपुरका अध्यक्ष जोहन गोपाल कायस्थले महिला पतंजलि योग महानगर समितिमा नयाँ नेतृत्व आएपछि समिति चलायमान भएको बताउनुभयो । कार्यक्रममा पतंजलि योग समिति महानगरका अध्यक्ष माधवप्रसाद अधिकारीले योगले जति बाँचिन्छ त्यति स्वास्थ्य र निरोगी बनाउन सिकाउने बताउनुभयो । कार्यक्रममा गोदावरी नगर योग समिति अध्यक्ष पुष्पराज घिमिरे तथा महालक्ष्मी नगर योग समितिका अध्यक्ष मधुसूदन आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  WhatsApp-Image-2024-07-16-at-14.01.13-1721121600.jpeg

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार