सिन्धुलीमा भएको सवारी दुर्घटनामा ११ जना घाइते

शुक्रबार, असार २८, २०८१
Global Ime Bank

सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर हाईस गाडीको गति अनियन्त्रित भइ सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाईते भएका छन् । विपद् व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको तत्कालै उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोटतर्फ पठाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार