बाग्लुङ्गमा अवरुद्ध सडक खुलाइदै

बिहीबार, असार २७, २०८१
Global Ime Bank

बाग्लुङ्ग । अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १० डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङ्गको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो । यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ्ग नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ भने बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्कीन जाँदा ५१ बर्षिया खिम कुमारी शर्माको मृत्यु भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार