संस्थाको छवि कमजोर पार्न विरोधी तत्व सक्रिय भएर लागेको रेडक्रसको दाबी 

बुधबार, असार २६, २०८१

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको हवाला दिदँै रक्तसञ्चार सेवा र संस्थागत सुशासनका सम्बन्धमा विभिन्न समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएको छ । बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी रेडक्रस सोसाइटीले संवेदनशिल क्षेत्रमा कार्यरत संस्थाको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न रेडक्रस विरोधी तत्व सक्रिय भई राजनैतिक हस्तक्षेप भएको जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘हालै केही सञ्चार माध्यमहरूमा समाज कल्याण परिषद्को छानविन प्रतिवेदनको हवाला दिदै रक्तसञ्चार सेवा र संस्थागत सुशासनका सम्बन्धमा प्रकाशित विभिन्न समाचारहरूप्रति नेपाल रेडक्रस सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ । विगत केही समयदेखि नियोजित रूपमा संवेदनशील क्षेत्रमा कार्यरत यस संस्थाको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न रेडक्रस विरोधी तत्व निरन्तर सक्रिय हुनु र राजनैतिक हस्तक्षेप गर्न गराउन उद्धत हुनु दुःखद छ ।’ त्यस्तै, नेपाल रेडक्रस सोसाइटी माथि छानबिन गर्ने बहानामा मित्थ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रासमा गरेको कार्य कानून विपरित रहेको पनि रेडक्रस सोसाइटीको भनाई छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार