सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइईका लागि वैकल्किप विधिबाट परीक्षा लिन सुझाव दिँदै शिक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । बोर्डले आन्तरिक मूल्याङ्कन गर्दा विद्यालयहरुलाई थप जिम्मेवार बनााउनु पर्ने कुरामा भने विशेष जोड दिएको छ । अघिल्लो वर्ष विद्यालयहरुले मनपरी ढङ्गबाट विद्यार्थीहरुलाई नम्बर दिएको गुनासाहरु आएका थिए । नतिजा राम्रो तथा विद्यार्थीको सिकाइ नराम्रो देखिएका कारण नतिजामाथि नै प्रश्न उठाइएको थियो । कोरोना भाइरसका कारण एसइईको नतिजा आन्तरिक मूल्याङ्कनबाटै गर्न लागिएका यो दोस्रो पटक हो । शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएको माध्यामिक शिक्षा स्थानीय मातहत एमम् कक्षा १२ लाई माध्यामिक शिक्षाको अन्तिम परीक्षा मानिने व्यवस्थालाई कडाई गर्नुपर्ने आवाज उठिरहेको छ ।