अब सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री 

शुक्रबार, जेठ ३२, २०८१
Global Ime Bank

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् । आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरूको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताए ।  उनले भने, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरूको लागि मात्र थियो । आफ्ना मान्छे भएकाहरूले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न काम हुनु पर्छ । नागरिकता हुनुपर्छ । अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नु पर्दैन । आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । पहुँचवालाले सिफारिस गर्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ ।’  यस्तै उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि बताए ।  गृह मन्त्रालय अन्तर्गतका निकायमा भोलि देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्री कहाँ पु¥याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए ।
उनले भने,‘नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन, प्रहरीले मेरो कुरा सुनेन, कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरूले सुनाउँन कहाँ जाने त ? अब त्यस्तो सिँधै गृह मन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नेगरी व्यवस्था मिलाएका छौं । भोलिबाट धेरैभरका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टासेको देख्न सक्नुहुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार