पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो । अदालतले जरिवानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ । गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए । सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार