सुनको मूल्य आज पनि स्थिर

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार