कीर्तिमानी गीतकार डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान 

मंगलबार, जेठ २९, २०८१

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा.उपाध्यायलाई सम्मान अर्पण गरिएको हो । सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा.विके बजाज, डा.जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जितलगायत व्यक्तित्वहरूको उपस्थिति थियो । डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेको विशेष सम्मान गरिएको थियो ।

upadhaya1-1718094098.jpg
डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

upadhaya2-1718094098.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार