सुनाकोठीस्थित बालकुमारी चौरमा आयोजित योग शिविर सम्पन्न(भिडियो)

मंगलबार, जेठ १५, २०८१

सुनाकोठी (ललितपुर) । ललिपतुर महानगरपालिका २७ नं वडा सुनाकोठीस्थित बालकुमारी चौरमा आयोजना गरिएको निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ । महिला पतन्जली योग समिति नेपालका केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीको प्रमुख प्रशिक्षकत्वमा सप्ताह व्यापी निःशुल्क योग विज्ञान शिविर आयोजना गरिएको हो । शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म चलेको थियो । शिविरमा महिला पतन्जली योग समिति नेपालका केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीले प्रवचनसहित योगाभ्यास गराएकी थिइन् । 
महिला पताञ्जलि योग समिति नेपाल तथा युवा नेपाल समितिको सयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।  शिविरको सहआयोजकका रुपमा ललितपुर महानगरपालिका वडा नं २६ तथा वडा नं २७ हुन् ।  पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी साध्वी  देवादितिले तीनदिन सम्म योगको महत्व, खानपान, रोगका उपचार विधि, जीवन शैलीका बारेमा योग साधक साधिकासहित सर्वसाधारणलाई बुझ्ने भाषा शैलीमा प्रवचनसहित योगाभ्यास गराएकी थिइन् । शिविरमा ललितपुर जिल्लामा क्रियाशील योग साधाना केन्द्र तथा बालकुमारी चौर आसपासका सर्वसाधारणको उपस्थिति रहेको थियो । योग शिविर समापनका अवसरमा प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष सुरेश महर्जनले सुनाकोठीलाई योगमय बनाउन आफू तथा वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 
पताञ्जलि योग समिति ललितपुरका अध्यक्ष जोहन गोपाल कायस्थको सभापतित्वमा आयोजिन शिविर समारोहमा महागनगर योग समितिका अध्यक्ष माधवप्रसाद अधिकारीसहितका वक्ताले योगको महत्वका बारेमा प्रकाश पारेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार