पशुपतिनाथ योग साधाना केन्द्रले मनायो प्रथम वार्षिकोत्सव (भिडियो)

नागदह परिसरमा योग साधाना हब बनाउने वडाअध्यक्षको उद्घोष
बुधबार, जेठ ९, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं। वडा कार्यालय धापाखेलस्थित पतञ्जलि योग समिति नेपाल ललितपुर जिल्ला मातहतको पशुपतिनाथ योग साधना केन्द्रले प्रथम वार्षिक उत्सव मनाएको छ ।  केन्द्रको वार्षिक उत्सव कार्यक्रम लपुमनपा २४ नं। वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेको प्रमुख आतित्थमा सम्पन्न भएको हो ।

May be an image of 6 people, people performing martial arts, people practising yoga, temple and textप्रमुख अतिथि वडाअध्यक्ष पाण्डेले पानसमा बत्ती बाली वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । वार्षिकोत्सव कार्यक्रममा पतञ्जली योग समिति ललितपुरका अध्यक्ष जोन गोपाल कायस्थ महानगर योग समितिका अध्यक्ष एमपी अधिकारी, महानगर सहकोषाध्यक्ष तथा योग साधाना केन्द्रका संरक्षक सरस्वती भण्डारी कार्की, महानगर सदस्य सुष्मा पौडेल, विष्णुप्रसाद कँडेल, धापाखेल इंगलिस बोर्डिङ स्कुलकी प्रधानाध्यापक तारा सापकोटालगायत योग शिक्षक, साधक साधिकाको उपस्थिति रहेको थियो । 

May be an image of 7 people, people performing martial arts and textवार्षिकोत्सव कार्यक्रममा ललिता थापा, रोजी श्रेष्ठ, सुमित्रा बस्नेत, गिता महर्जन तथा कल्पना अधिकारीले वैदिक तथा गायत्रि मन्त्र उच्चारण गर्नु भएको थियो ।  यस्तै विपना महर्जन, गिता महर्जन, सुमित्रा बस्नेत, सुनिता महर्जनसहितका साधिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा रोजी श्रेष्ठ, विपना महर्जन, गिता महर्जन, सुमित्रा बस्नेतले सूर्य नमस्कार प्रस्तुति दिनु भएको थियो । यस्तै ललिता थापा, रोजी श्रेष्ठ, सुमित्रा बस्नेत, गिता महर्जन, कल्पना अधिकारीको समूहले शान्ति पाठ गरेको थियो ।

May be an image of 8 people, people practising yoga, people performing martial arts and textयोग साधक गोविन्दराज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिसहितका महानुभावहरूलाई दिपक बस्नेतले स्वागत गर्नुभएको थियो ।  प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जंग पाण्डेले २४ नं. वडा कार्यालयले नागदहको परिसरमा ट्रस भवन निर्माण गरी वडाकै योग साधाना हब बनाउने विषयमा योग गुरुहरूसहित सरोकारवालासँग परामर्श गरिरहेको जानकारी दिनुभयो ।  कार्यक्रममा पतञ्जलि योग समिति ललितपुरका अध्यक्ष जोहन गोपाल कायस्थले योग साधाना केन्द्र खोलेर मात्रै नभई त्यसलाई निरन्तरता दिनुपर्ने चुनौती देखा परेको बताउनुभयो ।  योग साधक हिराकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त वार्षिकोत्सव कार्यक्रममा योग साधिका कल्पना अधिकारीले योगमा सहभागी भएपछिको आफ्नो अनुभव सुनाउनु भएको थियो । 

May be an image of 6 people, temple and textPasupati-1716298807.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार