सोह्रौं पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी, आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याइने 

बुधबार, जेठ २, २०८१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले यो योजना पूर्ण कार्यन्वयन हुने दाबी गरे ।  ‘हामीले सोह्रौं योजनाको लक्ष्य महत्वकांक्षी नराखेर त्यसलाई कसरी पूरा गर्न सक्ने बनाउने र कसरी योजनालाई पूर्ण कार्यान्वयनमा लैजाने कुरालाई धेरै ध्यान दिएका छौं । त्यसकारण यो योजनामा राखिएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर त्यसतर्फ धेरै जोड दिएका छौं ।’ उनले सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई महत्व दिएको बताए ।  उनले भने, ‘सोह्रौँ योजनाले उत्पादन र रोजगारीलाई जोड दिन्छ ।’  सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१-०८२–२०८५-०८६) को सार्वननिक गर्दै उनले यो योजना पन्ध्रौं भन्दा फरक भएको बताएका हुन् ।

सोह्रौँ योजनाले पाँच वर्षमा औसत ७.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।  ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने । त्यस्तै, पाँच वर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अन्तर्वस्तुमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति आय १ हजार चार सय ५६ अमेरिकी डलर रहेको छ ।  मंगलबार बसेको मन्त्रीपरिषद्ले पारित गरेको उक्त सोह्रौँ योजनमा नेपाली नागरिकको औसत आयु ७१ वर्षबाट ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ ।  यस्तै, उपाध्यक्ष श्रेष्ठले १६ औँ योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र सम्भावनाहरू पहिचान गरेको बताए ।  उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन्। तीन तहका सरकार आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा संलग्न छन् ।’

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार