दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

बिहीबार, वैशाख २७, २०८१

धनगढी । दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्। तीन पशु मरेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्। धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ । यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा चट्याङ परेर एक गोरु र एक भैँसी गरेर दुई पशु मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको पूर्णविरण आउँन बाँकि छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार