आज सुनचाँदीको मुल्य कति पुग्यो ?

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ८०० ले घटेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार