रुखले थिचेर एकको मृत्यु 

बुधबार, वैशाख २६, २०८१

जुम्ला  । जुम्लाको कनकासुन्दरीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।  मंगलबार कनकासुन्दरी –१ न्यारीघाट बस्ने ३२ वर्षीय चन्दलाल कठायत रुख काट्न जंगलमा पुगेका थिए । सो क्रममा काटिसकेको रुखको मुडा गुडेर टाउकोमा लाग्दा बिहान कठाएतको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भिम भण्डारीले जानकारी दिए । खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय जुम्ला, प्रहरी चौकी चौथाबाट गएको टोलीले मुचुल्का उठाई घटनाबारे थप अनुसन्धान गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार