५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

मंगलबार, वैशाख २५, २०८१

महोत्तरी । ५० केजी गाँजासहित महोत्तरी प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जाँदै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उनलाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी संतुलाल प्रसाद जैसवारले जानकारी दिए । पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ। प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । केही दिन अगाडी पनि मटिहानीबाट जनकपुरतर्फ जानेक्रमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका थिए ।                                                                                                        

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार