धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

सोमबार, वैशाख २४, २०८१

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । रुखबाट लडेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए । 

बैतडीमा २२ वर्षीया युवकको शव फेला

बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ। पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार