पोखराको एक खोलामा बालकको शव फेला

सोमबार, वैशाख २४, २०८१

पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो । शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो। मृत्यु हुनेमा पोखरा-५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी रहेका छन् । पोखरा-१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए । सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । पम्पबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

current1657973713.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार