डढेँलोमा परी बैतडीमा दुई महिला घाइते

सोमबार, वैशाख २४, २०८१

बैतडी । बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन् । दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेँलोमा परी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ। जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफेर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पाटनमा एक पुरुष शव फेला

बैतडीमा एक जना मृत फेला परेका छन्। पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् ।  दाङ घर भइ हाल पाटनमा लामो समयदेखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो । स्थानीय एक जनाको जिर्णघरमा बस्दै आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार