धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

आइतबार, वैशाख २३, २०८१

धनगढी । धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ परेका हुन् । कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२  हजार आठ सय १० का मोबाइलसहित गुप्तालाई पक्राउ गरिएको हो । प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थामन, गलास २६ प्याकेट, क्यामेरा गलास ३२८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३३९ फोल्डर बरामद गरिएको हो। गुप्तासहित भन्साल छलीको सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार