पाटन पर्यटन विकास संस्था वार्षिक साधारण सभा सम्पन्न 

संस्थाको अध्यक्ष दिलेन्द्र राज श्रेष्ठ 
आइतबार, वैशाख २३, २०८१

ललितपुर । पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा पर्यटनविज्ञ दिलेन्द्र राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 
वैशाख २२ गते सम्पन्न भएको वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
निर्वाचित नयाँ कार्य समितिको उपाध्यक्षमा कृष्णलाल महर्जन,  महासचिवमा सतिश शाक्य,  कोषाध्यक्षमा मोहन व्यञ्जनकार, सहसचिवमा आपु लाल अवाले रहेका छन् भने अन्य सदस्यहरुमा गौतम  श्रेष्ठ,  लक्ष्मण कृष्ण राजभण्डारी,  सगुन धाख्वा, धर्म राज शाक्य, अनिल शाक्य तथा सरिता अवाले रहेका छन् । 
 २०५३ सालमा स्थापित यस संस्थाले ललितपुरमा सम्पदा यात्राका रुटहरुको पहिचान तथा यात्राहरुको संचालन, प्रत्येक वर्ष विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यसैगरी परम्परागत शैलीका घरहरुको संरक्षण गरी पर्यटकीय आवासस्थलको  निर्माण गरी ललितपुरको पर्यटन विकासमा  योगदान पु¥याउँदै आएको  छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार