नागदह दोबाटोदेखिदेखि सुब्बा गाउँसम्मको बाटोको काम सूचारु

आइतबार, वैशाख २३, २०८१

धापाखेल(ललितपुर) । लामो समयसम्म अवरुद्ध नागदह दोबाबोटदेखि जलपा स्कुल हुँदै सुब्बा गाउँ जाने सडकमा ढल बिच्छ्याउने, फुटपाथ निर्माणसहित कालोपत्रे गर्ने कार्य अब भने योजना नसकिँदासम्म निरन्तर जारी रहने भएको छ । नगरस्तरीय योजनाअन्तर्गत महानगरपालिकाले टेण्डरमार्फत नागदह दोबाबोटदेखि जलपा स्कुल हुँदै सुब्बा गाउँसम्म ढल बिच्छ्याउने कार्य, फुटपाथ निर्माणसहित कालोपत्रेको काम गरिरहेको छ । ढलको लेभलको कुरामा असहमित जनाउँदै केही स्थानीयले निर्माण कार्यमा अवरोध गर्दा योजना निर्माण कार्य अवरुद्ध भएको थियो । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलका वडाअध्यक्ष दिनेशजंग पाण्डेसहितका जनप्रतिनिधि, महानगरपालिका इन्जिनियर, ठेकेदारकम्पनी तथा वडावासीको बृहत भेलाले निर्माण कार्य तत्काल अघि बढाउने विषयमा सहमति गरेसँगै अहिले धमाधम योजनाको काम अघि बढिरहेको छ । 

Dhal-1-1714864903.jpg

वडाअध्यक्ष दिनेशजंग पाण्डेको नेतृत्वमा वडासदस्य इन्द्रा श्रीश, उद्धब बस्नेत तथा हरिकृष्ण महर्जन तथा सर्वपक्षीय वडावासीको सहभागितामा जलपा स्कुल अगाडि भएको भेलाले अवरुद्ध निर्माण कार्य सूचारु गर्ने सम्बन्धमा सहमति गरेपछि निर्माण कार्य अघि बढेको हो । वडावासीको माग र चाहना अनुसार निर्माण कार्य अघि बढाउन महानगरपालिका तथा ठेकेदार कम्पनीले सहमति जनाएपछि यो कामले गति लिएको हो । 
जनप्रतिनिधि, महानगरका इन्जिनियर, ठेकेदार कम्पनी तथा वडावासीको भेलाले स्थानीयको माग अनुसारका कार्य गर्ने गरी अवरुद्ध सडकको निर्माण कार्य अहिले  जारी रहेको वडाअध्यक्ष दिनेश जंग पाण्डेले जानकारी दिनुभयो । 

Dhal-2-1714864903.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार