वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ

बुधबार, वैशाख १९, २०८१

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ । सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एकजनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमारविक्रम थापाले जानकारी दिएका छन् ।  सम्भव भए आज साँझसम्म पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरिने बुझिएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान गर्नु परेकोले प्रहरीले सार्वजनिक गरेका छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार