होस्टलहरूमा लागू औषध र मदिरा निषेध गर्न माग

बुधबार, वैशाख १९, २०८१

काठमाडौं । नेपाल होस्टल एशोसिएशनका अध्यक्ष अर्जुन पराजुलीले सरकारी कार्यालय, कलेज, अस्पतालहरू जस्तै होस्टलहरूमा पनि लागु औषध र मदिरा निषेध गर्नुपर्ने बताएका छन् । नेपाल होस्टल एसोसिएसनको केन्द्रीय कार्यसमितिको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनलाई मंगलबार सम्वोधन गर्दै अध्यक्ष पराजुलीले निजी क्षेत्रमा सञ्चालित छात्राबासहरूलाई मर्यादित, व्यवस्थित, सुरक्षित र निर्भिक बनाउँदै व्यवसायीहरूले तिर्दै आएको घरबहाल कर घरधनीले नै तिर्नुपर्ने नीतिगत व्यवस्था गर्न काठमाडौं महानगरलाई मागपत्र बुझाएर निरन्तर ताकेता गरिरहेको बताए । 
उनले भने, ‘सरकारी कार्यालय, कलेज, अस्पतालहरू जस्तै होस्टलहरूमा पनि लागु औषध र मदिरा निषेधित क्षेत्र स्थापित गर्न निजी क्षेत्रमा सञ्चालित छात्राबासलाई व्यवस्थित, मर्यादित र सुरक्षित र निर्भिक बनाई होस्टलहरू व्यवस्थापनमा एकरुपता बनाउने उद्देश्यले २०८० वैशाख ६ गते होस्टन व्यवसायहरूले तिर्दै आएको घरबहाल कर धरधनीले तिर्नुपर्ने नीतिगत व्यवस्था गरिदिन, होस्टल व्यवसाय शौक्षिक क्षेत्र भएकोले सोही अनुरुप व्यवसाय करमा अधिकतम छुटको व्यवस्थ गर्न र काठमाडौं महानगर भित्रका घरहरूको घरबहाल कर क्षेत्रगत रुपमा निर्धारण गरी कार्यान्यन गराउन डेनिमेशनसहित लिखित माग पत्र दर्ता गराएका छौं र त्यसको कार्यान्वयका लागि निरन्तर ताकेता गरिरहेको छु ।’
काठमाडौं महानगरसँगको पटक पटकको छलफलपछि छात्राबास (होस्टल) सञ्चालन मापदण्ड २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्न सफल भएको उल्लेख गर्दै उनले राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८० कार्यन्वयनका लागि पहल गरिरहेको बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार